|

सुर्खेत : चट्याङ लागेर पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका-१५ जुगेपानीमा १ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार साेमबार राति ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको हो। 

चट्याङ लागेर उनकी श्रीमति ४८ वर्षीय खगिसरा पुन घाइते भएकी छन्। घरमा सुतिरहेको बेला चट्याङ खस्दा दुई गाई, एक गोरु र एक कुकुरको समेत मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच सुर्खेतमा ग्याँस सिलिण्डरमा आगालागी हुँदा दुईजना घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका-२ भुरेलीस्थित कविराज खड्काको घरमा डेरा गरी नविन शाहीर उनकी छोरी मिठ्ठु शाही जलेर घाइते भएकी हुन्।

ग्यासको सिलिन्डर लिग भई आगलागी हुदा दुबै जनाको दुबै हात र दुबै खुट्टा जलेकाे छ भने  नबिन शाहीको ढाड पनि पोलिएको प्रहरीले जनाएको छ। उनीहरूको क्षेत्रिय अस्पताल कालागाँउमा उपचार भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.