|
Photo : kabelib1hydro.com

ताप्लेजुङ : स्थानीय समाजसेवी खेलप्रसाद बुढाक्षेत्री (पराग)को अध्यक्षतामा ७५ सदस्यीय काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समिति गठन भएको छ। 

विद्युत् विकास समितिले भर्खरै जिल्लाको भौगोलिक अवस्थाबारे सर्भेक्षण गरेसँगै आयोजना प्रभावित क्षेत्रका सरोकारवालाको भेलाले सो समिति गठन गरेको हो। आयोजना प्रभावित खेवाङ, पेदाङ, मामाङ्खे, याम्फुदिन, सुरुम्खिम, आम्बेगुदिन, मेहेले र तेल्लोक गरी ८ गाविसका सरोकारवालाको भेलाले गठन गरेको सो समितिको उपाध्यक्षद्वयमा तेजशम्शेर भट्टराई (काजी) र धर्मप्रसाद घिमिरे तथा सचिवमा गजेन्द्र तुम्याहाङ, सहसचिवमा टीका माबो र कोषाध्यक्षमा हेमराज थेबे चयन भएका छन्। 

आयोजनाको कार्य छिटो अगाडि बढाउन र आयोजनालाई सार्वजनिक निजी साझेदारीको अवधारणा (पी क्युव मोडेल)मा सञ्चालन गराउन पहल गर्ने उद्देश्यले सरोकार समिति गठन भएको र सोहीअनुरुप कामलाई अघि बढाइने अध्यक्ष बुढाक्षेत्रीले बताए। 

२२ मेगाबाट क्षमताको उक्त आयोजना सम्पन्न गर्न ३ अर्ब ४४ करोड खर्च हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.