|

  • विदुर कटुवाल

कटारी : उदयपुरमा गाँजा व्यापारिको सहयोगमा स्थानीयले अवैध रुपमा खेती गर्दै आएको गाँजा नस्ट गर्न जिल्ला प्रशासन कार्यालयले अभियान चलाएको छ। 

जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार शनिबारदेखि गाँजा फडानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जानकारी दियो।

गाँजा फडानीको लागी नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका ८० जना परिचालन गरिएको इलाका प्रहरी कार्यालय काटरीका डिएसपी चिरनजीवी कोईरालाले बताए। संयुक्त टोलीले चार समूहमा विभाजित भएर विभिन्न क्षेत्रमा फडानी सुरु गरेको छ। टोलीले सुरुआती दुई दिनभित्र २६ रोपनी जग्गाको गाँजा खेती नष्ट गरेको छ। रुपाटार, लिम्पाटार, सोरुङ छविसे, तवाश्री, पञ्चावती, ईनामे, लेखगाँउ, ओख्ले गाँउ बिकास समिति लगायतका अनकन्ठार भुगोलमा गाँजा खेती नस्ट गरिएको डिएसपी कोईरालाले जानकारी दिए।

यस क्षेत्रबाट भारतमा अवैध रुपमा गाँजा निकासी हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.