|

काठमाडौं : नेपाल पत्रकार महासंघले गैरसरकारी संस्था मदरल्यान्ड नेपालको सहयोगमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट हरेक वर्ष दुई जना पत्रकारलाई लैंगिक समानता पत्रकारिता पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ।

अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले सोमबार हस्ताक्षर गरे। अक्षयकोष सञ्चालनका लागि नेपाल पत्रकार महासंघको संयोजनमा मदरल्यान्ड नेपालका प्रतिनिधि र विषय विज्ञसहितको सञ्चालक समिति गठन गरेको महासंघले जनाएको छ।

'कोषबाट प्राप्त हुने ब्याजले पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाइनमा प्रकाशित प्रसारित लैंगिक समानता हासिल गर्न समाजलाई अभिप्रेरित गर्ने खोजपूर्ण, पुरुष सहभागिता प्रोत्साहन, पैरवीयुक्त र प्रभावशाली समाचार, आलेख तथा पैरवी पत्रकारिताका लागि अक्षयकोष सञ्चालक समितिद्वारा गठित मूल्यांकन समितिको मूल्यांकनका एक राष्ट्रिय तह र एक प्रदेश तहको गरी लैंगिक सन्तुलन मिलाएर लैंगिक समानता पत्रकारिता पुरस्कार प्रदान गरिने' सम्झौतापत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.