|

जाजरकोट : डोल्पामा रहेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ। विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो।

विश्व वन्यजन्तु कोष, से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३ जनाको अध्ययन टोलीले गत वैशाख १३ देखि गणना सुरु गरेको हो। निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार सो अध्ययन टोलीले तीन महिना लगाएर हिउँचितुवाको गणना गरेको हो। 

क्यामरा ट्र्यापिङ तथा दोहोरो गणना विधिद्वारा हिउँचितुवासँगै आहारा प्रजातिको रूपमा रहेको निल भेडा (नावर)को समेत गणना गरिएको हो। शेरेन श्रेष्ठ, समुन्द्र लिम्बू र छिरिङ लामा रहेको प्राविधिक अध्ययन टोलीले हिउँचितुवा र नावर पाइने विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन गरेको उप्रेतीले जानकारी दिए। टोलीले अध्ययन प्रतिवेदन तयार पारी काठमाडौँमा सार्वजनिक गर्ने बताइएको छ। 

निकुञ्जको प्रतिवेदनअनुसार से–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा हाल १३० को सङ्ख्यामा हिउँचितुवा रहेका छन्। अध्ययन टोलीका सदस्य छिरिङ लामाका अनुसार टोलीले पुस मसान्तभित्रमा काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्नेछ। से–फोक्सुण्डोमा हिउँचितुवा, कस्तुरी, मृगलगायत वन्यजन्तु, ३२ प्रजातिका स्तनधारी, २०० भन्दा बढी प्रजातिका चरा, २८ प्रजातिका पुतली, ६ प्रजातिका घस्रने जीव तथा ४१७ प्रजातिका वनस्पति पाइने निकुञ्जले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.