|

कपिलवस्तुः प्रतिबन्धित लागुऔषधसहित भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको बहादुरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

शरीरका विभिन्न भागमा लुकाएर ल्याएको अवस्थामा स्पास्मो क्याप्सुल, नाइट्रोभेट ट्याब्लेटजस्ता लागुऔषध लिएर आउँदै गरेका बुद्धभूमि नगरपालिका–१ निवासी सङ्गीत गौतमलाई इलाका प्रहरी कार्यालय बहादुरगञ्जले पक्राउ गरेको हो। 

उनको साथबाट स्पास्मो १६ र नाइट्रोभेट ४२ थानसहित पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। पक्राउ परेका गौतमलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको नायब उपरीक्षक रवि रावलले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.