|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। यो स्थानमा मंगलबार बिहान १ः३० बजे पहिरो खसेको थियो। 

मंगलबार साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। बुधबार बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलोलगायत ठाउँमा पनि पहिरो खसेको थियो। ती ठाउँको पहिरो मंगलबार नै सफा गरिएको थियो। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार लामो समयसम्म सवारी रोकिएपछि एकतर्फी सञ्चालन गरेर सवारी साधन कटाइएको थियो। खनालका अनुसार चार किलोमा एक सय मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो। सो ठाउँमा एक सय मिटर सडक पहिरोले ढाकेको थियो। 

एकतर्फी सवारी सञ्चालनमा आएपछि मंगलबार रातभर पालैपालो सवारी कटाइएको थियो। आज बिहान केहीबेर सवारी रोकेर बाँकी पहिरो पन्छाएसँगै सवारी दुईतर्फी सञ्चालनमा आएको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.