|
प्रतीकात्मक फोटो

ताप्लेजुङ : सरकारी कार्यालयको छाप किर्ते मुद्दामा फरार एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरि ताप्लेजुङ ल्याइएको छ। गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा परेको मुद्दाको आधारमा फुङलिङ नगरपालिका स्थायी घर भई हाल ललितपुर धापाखेलमा डेरा गरी बस्ने रवीन सेनेहाङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका ४७ वर्षीय सेनेहाङलाई ललितपुर प्रहरीको सहयोगमा वाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। सेनेहाङलाई ताप्लेजुङ ल्याई अदालतवाट म्याद थप गरी अवश्यक अनुसन्धान जारी रहेको प्रहरीको सञ्चार शाखाले जानकारी दिएको छ। अभियुक्तलाई गत भदौ २० गते पक्राउ गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.