|

सल्यान : कुटपिट मुद्दामा जिल्ला अदालत सल्यानबाट कैद सजाय फैसला भए पनि फरार रहेका अभियुक्तलाई २३ वर्षपछि  प्रहरीले पक्राउ गरेको छ। अदालतबाट २३ वर्षअघि (२०५२साल) १ वर्ष १५ दिन र ५ हजार २ सय ५० जरिवानाको फैसला भए पनि फरार रहेका शारदा नगरपालिका-१२ का थुमबहादुर विष्टलाई उनकै गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पक्राउ परेको विष्टलाई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार पठाइएको प्रहरीले बताएको छ। २३ वर्षअघि छिमेकीलाई कुटपिट गरी फरार भएका विष्ट गाउँमै लुकीछिपी बस्दै आएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.