|
प्रतीकात्मक फोटो

इलाम : इलामको माई नगरपालिकामा खोलाले बगाउँदा एक वृद्धको ज्यान गएको छ।  खोला तर्ने क्रममा माई नगरपालिका  ९ कालिखोपका ८४ वर्षीय सूर्यबहादुर राईलाई लोदिया खोलाले बगाएको हो।

उनको शव बगाएको ठाउँभन्दा करिब तीन किलोमिटर तल बगरमा भेटिएको बुधबार जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए। सूर्यबहादुर मंगलबार बिहान खाना खाएर चिसापानीमा रहेको सोमबारे बजारतिर हिँडेको परिवारले बताएका छन्। बेलुकासम्म पनि सोमबारेबाट नफर्केकाले परिवारले बजारमा भएका आफन्तलाई फोन गरेर बझ्दा पनि दिउँसो दुई बजे नै फर्किएको जानकारी पाएपछि परिवार, आफन्त र छिमेकीले खोजतलास थालेका थिए।

केही दिनदेखि पानी परिरहेको कारण लोदियाको सतह बढेको थियो। लोदियामा पुल पनि छैन। पुल नभएकै कारण वृद्ध सूर्यबहादुर खोलाबाट तर्न खोज्दा बाढीले बगाएको हुनसक्ने प्रहरीले जनाएको छ। मंगलबार बेलुका नै उनको झोला र छाता स्थानीयले खोलामा फेला पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.