|

काठमाडौं: अन्तराष्ट्रिय उड्यन प्राधिकरण(आइकाओ)ले बुद्ध एयरको हवाइ सुरक्षाको लागि सुधारको आवश्यकता औल्याएको छ।

नेपाली आकाशलाई युरोपेली युनियनले कालोसुचीमा राखेपछि नेपाल नागरिक उड्यन प्राधिकरणको समन्वयनमा आइकाओले सुपरिवेक्षणको काम अघि बढाएको थियो। 
आइाकाओका तर्फबाट क्याप्टेन मेरी हेलेन जुब्रीकिज, क्याप्टेन माइकल ब्लेण्ड र होजे एम स्यालग्योरोले बुद्ध एयरका विभिन्न इकाईहरुको अडिट गरेका थिए। अडिटका विस्तृत विवरण केही दिनमा दिने आउने बुद्ध एयरले जनाएको छ।  बुध्द एयरका निर्देशक विरेन्द्रबहादुर बस्नेतले आईकाओका प्रतिवेदनलाई सम्बोधन गर्दै सुधारका काम अघि बढाउने बताएका छन्।

बुद्ध एयर विगतका वर्षहरुदेखि नै विभिन्न अन्तर्राष्ट्रिय हवाई सुरक्षण परीक्षकहरुबाट विभिन्न विभाग, इकाईहरु (टेक्निकल, अपरेशन, ग्राउण्ड ह्याण्डलिङ तथा जनशक्तिहरुलाई अडिट (परीक्षण) गराईरहेको निर्देशक बस्नेतले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.