|
फाइल फोटो

काठमाडौं : चाडपर्वलाई लक्षित गरेर सरकारले विभिन्न स्‍थानमा सुपथ मूल्य पसलको योजना अघि सारेको छ। सरकारी स्वामित्वमा रहेका साल्ट ट्रेडिङ, खाद्य संस्थान तथा दुग्ध विकास संस्थानले काठमाडौं उपत्यका विभिन्न स्थानमा सुपथ मूल्य पसल संचालन गर्न लागेका हुन्।

आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार असोज १२ गतेदेखि कार्तिक १७ गतेसम्म सुपथ मूल्य पसल संचालन गरिने तयारी भएको छ।

कुन सामानमा कति छुट?

सरकारी स्वामित्वका तीन संस्थानले चलाउने सुपथ मूल्य पसलमा छुटको योजना सार्वजनिक गरिएको छ। दूध, चिनी, चामल, घीउदेखि, खसी बोकासमेत बजार मूल्यभन्दा सस्तोमा दिने बताइएको छ।

सामान

छुट प्रति केजी

मोटा चामल

५ रुपैयाँ

चिनी

५ रुपैयाँ

नुन

२ रुपैयाँ

घीउ

५० रुपैयाँ

पनिर

१० रुपैयाँ

खसी, बोका, च्याङ्ग्रा

१० रुपैयाँ

खाद्य संस्थानले सिंहदरबारमा एकीकृत अन्य उपत्यकाका प्रमुख बजारमा सुपथ मूल्यको सहुलियत दरको पसल संचालन गर्ने जनाएको छ। संस्थानले उपत्यकाबाहिर भने ११ स्थानमा पसल स्थापना गर्ने जनाएको छ। नेपाल खाद्य संस्थानका सम्बन्धित कार्यालय तथा तोकिएका स्थानहरू (सहकारी पसल)बाट सहुलियत दरको चामल, फापर, खसी बोका, च्याङ्ग्रा, नुन र चिनी वितरण गर्ने जनाएको छ।

साल्ट ट्रेडिङले काठमाडौंमा नौ र बाहिरका कार्यालयमा २२ वटा पसल स्‍थापाना गर्ने बताएको छ। त्यस्तै, लिमिटेडले तीनवटा घुम्ती पसल पनि संचालन गर्ने जनाएको छ। साल्ट ट्रेडिङले उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर र ललितपुरमा एक/एक र काठमाडौंमा सात स्थानमा सुपथ मूल्य पसल संचालन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.