|

हुम्ला : हुम्लामा पनि हिन्दु धर्मावलम्बी महिलाहरूसँगै बौद्ध धर्मावलम्बी महिलाहरूले पनि तीज पर्व मनाएका छन्।

देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा हुम्लामा भने हिन्दु धर्मका महिलासँगै बौद्ध धर्मावलम्बी  मान्ने महिलाहरूले तीज मनाएको सिमकोट गाउँपालिका कार्यकारी प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताए। 

बुधाबार हुम्लाको सदरमुकाम सिमकोटमा आयोजना गरेको तीज विशेष कार्यक्रममा  वडा १ देखि ८ सम्मकै विवाहित तथा अविवाहित महिलाहरूले तीज गीतको नृत्यमा भाग लगेका थिए। सिमकोट गाउँपालिकालको आर्थिक सहयोगमा  र तीज विशेष कार्याक्रमको आयोजानमा बालमन्दिर मावि सिमकोटमा आयोजना गरेको तीज विशेष नृत्य कार्यक्रमका संयोजक जयदेवी शाहीले बताइन्।  

सिमकोट गाउँपालिकाका १, ३, ४ वडामा बौद्ध धर्मावलम्बी महिलाहरूको बोसोबास छ भने २, ५, ६, ७, ८ वडामा  हिन्दु धर्मावलम्बी महिलाहरूको बाहुल्यता भएको भयता पनि सबै वडाकी महिलाहरूले आ-आफनो भेषभुषासहित तीज गीतको नृत्यमा सहभागि थिए। 

सनातन हिन्दु धर्मावलम्बी महिलाहरू उमामहेश्वरको व्रत तथा पूजा–आराधना मात्र गर्ने संस्कार रहेको वेलामा यस पटक हुम्लामा पनि बौद्ध धर्म मान्ने लामा, तामाङ जातिका महिलाहरूले पनि हरितालिका तीज पर्व मनाएका छन्। महिलाहरू सिमकोट तल्लो गाउँमा रहेको  शिवमन्दिरमा पुगी पूजाअर्चनासमेत गरेका छन्। तीजमा विवाहित महिलाहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने विश्वास गरिन्छ।

उता  सिमकोट गाउँपालिका वडा १ की वडासदस्य पाल्ङ्गमु लामा भने हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि  हिन्दुहरूको पर्व तीज परम्परारूपमा यस वर्षदेखि मनाएको बताइन्।

हुम्लामा तीज पर्व परम्पारगत नभई विभिन्न पेशमा व्यासाय, सरकारी गैरसकारी कार्यालयमा कर्मचारी र  शिक्षक पेशमा जिल्लामा आइपुगेका महिलाहरूले मनाउन थालेका छन्। अहिले हुम्लामा अधिकांस गाउँपालिकामा समेत यो तीज पर्व मनाउँदै आइरहेका ठेहे निवासी गोरख विष्टले बताए।

महादेवलाई नै पूजा गरिने संस्कार भएकोले बौद्धर्मालम्बीले समेत पनि महादेवको पूजा गर्ने भएकाले हुम्लाका बौद्ध धर्मावलम्बीले औपाचारिक रूपमा यो वर्षदेखि तीज मनाउन थालेका छन्। नारीहरूका दुःख बेदना पोख्ने र आफ्ना पतिको दीर्घायुको कामना गर्ने पर्वका रूपमा तीज मनाउने गरेकोले यसपटक सिमकोट गाउँपालिकाले औपचारिक रूपमा सबै धर्म र वर्गका महिलालाई तीज मनाउने कार्यक्रमको आयोजना गरेकोले पनि बौद्ध धर्मावलम्बी महिलाले औपचारिक रूपमा तीज पर्व मनाएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए।

सिमकेट गाउँपालिकाको आर्थिक सहयोगमा सिमकोटको बालमन्दिर माध्यमिक विद्यालयमा आयोजना भएको तीज नृत्य प्रतियोगितामा सिमकोट गाउँपालिकाका आठवटै वडाका सबै महिलाले औपचारिक रूपमा तीज मनाएका हुन्। सिमकोट बजार र आसपासका गाउँमा रहेका महिलाहरुले समेत तिज मनाउँदै आएकोले यस पटक वौद्धधर्म मान्ने महिलाहरुले मनाएको सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बताए।

हुम्लामा तीज नृत्य प्रतियोगिता

सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा र तिज बिशेष कार्यक्रमको आयोजनामा सिमकोट गाउँपालिका वडानं १ देखि ८ सम्मका महिलाहरूबीच तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

तीज विशेष कार्यक्रम सिमकोटद्वारा आयोजित सो प्रतियोगिताको विवाहित र अविवाहित नारीबीच भएको तीज नृत्यमा सिमकोट वडा २ ठेहेकी विवाहिता महिला प्रथम भएकी छन्। त्यसै गरी दोश्रो वडा ३ बुराउँसे गाउँ, तेस्रो वडा ६ सिमकोट माथिल्लो गाउँ र शान्तवान वडा १ दोजामकी महिलाहरू विजय भएको समेत आयोजक समितिका संयोजक जयदेवी शाहीले बताइन्।

उता अविवाहित नारीहरूमा वडा ३ बरागाउँ प्रथम, दोश्रो वडा ७ डाँडाफया, तेस्रो वडा ५ सिमकोट तल्लो गाउँ र शान्तवान वडा ६ विजयी भएको समेत संयोजक शाहीले बताइन्। विजेता सबैलाई नगद रुपायाँ सहित प्रंशसा प्रमाण पत्रसमेत वितरण भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.