छापा

शिक्षाका कर्मचारीले पाएनन् दुई महिनादेखिको तलब
SHARES

भदौ २८, २०७५

    काठमाडौं : सुन्दा अचम्म लाग्न सक्छ तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्। त्यति मात्रै होइन भर्खरै गठन भएको शिक्षा विकास तथा मानव स्रोत केन्द्र, पाठ्यक्रम विकास केन्द्र र स्थानीय तहमा गएका शिक्षाका करिब साढे ३०० कर्मचारीले तलब पाएका छैनन्।

    नेपाल समाचारपत्र दैनिक लेख्छ, मन्त्रालयका करिब १००, पाठ्यक्रम विकास केन्द्रमा १०१ र स्थानीय तहमा गएका गरी शिक्षाका करिब ३५० कर्मचारीले तलब नपाएका हुन्। तलब दिने विषयमा मन्त्रीले चासो नदेखाउँदा समस्या भएको कर्मचारीको भनाइ छ।

    तलब उपलब्ध गराउने निकाय भने सबै निकायका प्रमुखले कर्मचारी समायोजन हुन बाँकी रहेकाले तलब दिन नसकेको बताएको छ। मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले केही दिनभित्र सबै कर्मचारीले तलब पाउने बताए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]