|

काठमाडौं : अखिल नेपाल फुटबल संघको अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठ विजयी भएका छन्। 

अध्यक्ष पदका लागि खसेको कुल ६७ मतमध्ये ३६ मत ल्याउँदै कार्यवहाक अध्यक्ष श्रेष्ठ एक वर्षका लागि पूर्णकालिन अध्यक्ष बने। गणेश थापाको निलम्बनपछि उनले कार्यवहाकको जिम्मेवारी सम्हाल्दै आएका थिए। 'यो जीतहार कसैको होइन। प्रजातान्त्रिक प्रक्रियामा गयौं। त्यसमा साथ दिने सबैलाई धन्यवाद सबै पक्षलाई समेटेर लानुपर्ने मेरो दायित्व हो।' जीतपछि उनले भने,'सबैलाई समेटेर लान्छु। राष्ट्रिय टिमको तयारी लगायत मेरा चुनावी एजेन्डा पुरा गर्न लाग्छु।'

निर्वाचनमा श्रेष्ठका प्रतिस्पर्धी कर्माछिरिङ शेर्पाले ३१ मत ल्याए। वरिष्ठ उपाध्यक्षको निर्वाचनमा मणि कुँवरले ३४ मत ल्याए। उनी ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त रहेको पदमा निर्वाचित भए। उनीसँग प्रतिस्पर्धामा उत्रिएका दिपक खातिले २५ र उपेन्द्रमानसिंहले ८ मत ल्याए। गणेश थापा अन्तर्राष्ट्रिय फुटबलबाट १० वर्षको प्रतिबन्धमा परेका कारण रिक्त अ्ध्यक्ष पद तथा ललितकृष्ण श्रेष्ठको निधनका कारण वरिष्ठ उपाध्यक्ष पदमा १ वर्षका लागि निर्वाचन भएको हो। अहिले निर्वाचित भएका अध्यक्ष र उपाध्यक्षसहित पुराना पदाधिकारी समेत गरेर पुरै कार्यसमितको कार्यकाल आगामी वर्ष समाप्त हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.