|

ताप्लेजुङ : ताप्लेजुङको उत्तरी क्षेत्रमा हिमाली क्षेत्रमा रहेको फक्तााङ्लुङ गाउँपालिका–६ लेलेपका भक्तबहादुर लिम्बू हिँड्न सक्दैनन्। उनको बोल्न पनि राम्ररी सक्दैनन्। त्यसैले उनलाई कही कतै हिँड्नु परे कसैको सहारा चाहिन्छ।

उनीलाई भतिजले हेरचाह गर्दै आएका छन्। पूर्णरुपमा अपाङ्गता भएकाले उनले समाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। उक्त भत्ता लिन उनलाई भतिजले बोकेर लाने गरेको थियो। तर, पछिल्लो समय वडा कार्यालयले घरघरमा नै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि यस क्षेत्रका आङ्गता भएका, वृद्धवृद्धा तथा एकम महिलालाई सुविधा भएको छ।

आर्थिक अवस्था कमजोर भएका भक्तबहादुर भतिजसँगै बस्दै आएका छन्। उनका भतिजले यसअघि बोकेर सुरक्षा भत्ता थाप्न गाविस कार्यालयसम्म पु¥याउँथे। तर, गाउँपालिकामा जनप्रतिनिधि आएपछि उनले घरमा नै भत्ता पाउँदै आएका छन्। वडा सचिव भानुभक्त श्रेष्ठ सामाजिक सुरक्षा भत्ता वितरणका लागि घरघरमा नै पुग्छन्। 

भक्तबहादुरका भतिज खेतीपातीका लागि खोरिया फाडेर जंगलमै बस्न थालेपछि घर उनी एक्लै रहँदै आएका छन्। घस्रिँदै हिँड्ने उनको हातमा कर्मचारी घरमै आएर हातमा आठ हजार रुपैयाँ थमाएपछि उनको अनुसारमा खुसीले भरिने गरेको छ।

‘घरमै पैसा ल्याएर दिँदा को खुसी हुँदैन र हजुर, सप्पै खुसी हुन्छ नि,’ बुढ्यौलीले चाउरी परेका अनुहार उज्यालो बनाउँदै भक्तबहादुरले भने, ‘पैसा पाउँदा सबैलाई खुसी लाग्छ।’ स्पष्ट बोल्न समेत उनले वडा सविच श्रेष्ठलाई सोधे, ‘फेरि कैले आउनु हुन्छ?’

घरघरमा भत्ता बाढ्न पुग्दा वृद्धवृद्धाले धन्यवादसहित आशीर्वाद दिने गरेको वडा सचिव श्रेष्ठको बताए। भत्ता लिन कठिनाइ भागेको उनीहरुले घरघरमै भत्ता पाउन थालेपछि झन्झटबाट आफू मुक्त भएको बताउँछन्।

वडा सविच श्रेष्ठका अनुसार फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा १५० जनार्ला घरघरमै भत्ता वितरण गरिँदै आइएको छ। यस्तै, वडा नं. ७ ओलाङचुङ्गोलामा २० जनालाई वितरण गरिन्छ। भौगालिक रुपले विकट यस क्षेत्रमा एउटा घरमा भत्ता वितरण गरेर अर्को घरमा पुग्न कम्तीमा पनि २ देखि ४ घण्टासम्म लाग्ने गरेको श्रेष्ठ बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.