|

रसिया विश्वकपको उपाधि जित्दा मुख्य भुमिका खेलेका गोलकिपर हुगो लोरिसलाई ड्रिंक एण्ड ड्राइभमा दोषी ठहर गरिएको छ। जसका कारण उनलाई २० महिनाको प्रतिबन्धको सजाए तोकिएको छ। उनले २० महिनासम्म गाडी चलाउन नपाउने भएका छन भने ५० हजार पाउण्ड जरिवाना रकम समेत तिर्नु पर्ने छ। 

इंग्लिस क्लव टोटनह्यामका गोलकिपर लोरिस २४ तारिखको बिहान मादकपदार्थ सिमा भन्दा बढी खाएर गाडी चलाएको अवस्थामा पुलिसले पक्राउ गरेको थियो। मेर्लिबोनमा समातिएका लोरिसलाई वेष्टमिनिस्टरको अदालतले २० महिनासम्म गाडी चलाउन नपाउने गरि प्रतिबन्धको सजाय सुनाएको हो। 

लोरिसले ४८ किलोमिटर प्रतिघण्टा गाडी कुदाउनुपर्ने सडकमा २४ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गाडी कुदाईरहेको देखेपछि पुलिसले उनलाई समातेको थियो। पहिलो चेकजाँचमै उनीले मादकपदार्थ खाएको पुष्टि भएपछि अदालतमा  केस भएको थियो। 

पुलिसले दिएको बयान अनुसार लोरिस उनको गाडी पार्क गरेको गाडी नजिकै गएको र रेड लाईटमा पनि अगाडी बढेको थियो। लोसिसको रक्सिको मात्रा जाँचगर्दा एक सय मिलिलिटरमा ८० माइक्रोग्राम पाइएको थियो । जवकी इंग्ल्याण्ड र वेल्समा ३५ माइक्रोग्रामसम्म लिगल मानिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.