|

जाजरकोट  ः भेरी नगरपालिका–१३ कुदुका नागरिकले कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी अाफ्नो गाउँमा अाएका बेला भने, 'मन्त्रीज्यू, यही पारि नयाँ शहर, विमानस्थल, भव्य अस्पताल! हामी भने खानेपानी पनि नपाउने! किन विभेद?'

सर्वसाधरणले यस्तायस्तै गुनासोको ओइरो लगाउँदै प्रश्न गरे। सर्वसाधरणका गुनासो सुनेपछि मन्त्री केसीले  भनिन्' 'जाजरकोटबाट केन्द्र सरकारमा रहेका वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई भन्नु न, हामीसँग सानो बजेट हुन्छ कसरी तपाईहरुका माग सम्बोधन गर्न सक्छौ?'

मन्त्री केसीले स्थानीयसँग करिब आधा घण्टा भलाकुसारी गरेपछी कुदुमा रहेको एक सहकारी संस्थाको करिब १० लाख लागतमा निर्माण भएको भवन द्घाटन  गरिन्। 'यो भवन कति राम्रो बनाउनुभएको रहेछ,' मन्त्री केसी भनिन्, 'मेरो मन्त्रालयबाट गएको बजेट सबै ठाउँमा सदुपयोग भएको छ। एक रुपैयाँ हिनामिना हुन दिन्नँ।' मन्त्री केसी गाउँगाउँमा आफ्नो मन्त्रालयबाट छुट्याइएका बजेटबाट भएको कामको अनुगमन गर्दै हिँडिरहेकी छन्।

पछिल्लो समय प्रदेशका मन्त्रीहरु साना योजना हाम्रो भाग, ठूलो योजना केन्द्र सरकारको भाग भन्दै जनतासँग भन्दै हिँड्न थालेका छन्। 

कुदुका स्थानीयहरु वर्षाैंदेखि खानेपानीको अभावमा भेरी नदीको दुषित पानी पिउन बाध्य छन्। सयौं रोपनी जग्गा समेत सिँचाइको अभावमा बाँझै रहने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.