|

काठमाडौं : नेपाल सद्भावना पार्टीले व्यवस्थापिका–संसद्‍मा दर्ता भएको महाअभियोगको प्रस्ताव मधेस विषयलाई ओझेलमा पार्ने षडयन्त्र भएको आरोप लगाएको छ। 

पार्टीको सङ्घीय कार्यसमितिको बैठकले मधेसी मोर्चाद्वारा मधेस आन्दोलनको सम्बोधनका निम्ति प्रस्ताव गरिएको संविधान संशोधनका विषयमा सरकार उदासीन रही महाअभियोगको विषयमा अलमलिएको निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष अनिलकुमार झाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गर्दै बैठकले मोर्चाद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिन मोर्चाभित्र दबाब सिर्जना गर्ने निर्णय गरेको छ। 

बैठकले पार्टी महासचिवको सङ्गठनसम्बन्धी आगामी कार्ययोजना एवम् पार्टीको छैटौँ महाधिवेशनपछि हालसम्म सङ्घीय कार्यसमितिद्वारा सम्पादित कार्यलाई समेत अनुमोदन गर्ने निर्णय गरेको छ। त्यस्तै विभिन्न जिल्लामा देखिएका कृषि, प्रशासन, विद्युत्, कर, भन्सार, वन, शिक्षा लगायत क्षेत्रका समस्यालाई उठाउँदै सरकारी पक्षसँग समन्वय गरी समाधान गर्न दबाब समेत दिने निर्णय गरेको पार्टीका प्रवक्ता डा. डिम्पलकुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.