|

काठमाडौ‌ं : आगामी असोज १३ बाट हुने तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि क्लबहरू आफूलाई बलियो बनाउन केन्द्रित हुन थालेका छन्।  झन्डै ५ वर्षपछि हुन लागेको ए डिभिजन लिगका लागि उपाधि दाबेदार मनाङ–मर्स्‍याङ्दी क्लबले अफिज ओलावालेलाई अनुबन्ध गरेको छ। ओलावालेले नेपाली लिगका दौरान निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तै, अन्य क्लबहरूले पनि विदेशी खेलाडीसँग नेगोसिएसनमा रहेको जनाएका छन्। 

नाइजेरियन फरवार्ड ओलावालेलाई क्लबले एक सिजनको लागि अनुबन्ध गरेको क्लबले जनाएको छ। मनाङका पूर्व-खेलाडीसमेत रहेका ओलावालेलाई आपसी समझदारीमा अनुबन्ध गरेको भए पनि समझदारी रकम भने खुलाइएको छैन। २३ वर्षीय ओलावाले करिब दुई वर्षपछि मनाङमा फर्किएका हुन्। अहिले बंगलादेश प्रिमियर लिग क्लब रहमतगन्ज मुस्लिम फ्रेन्डस सोसाइटिएबाट व्‍यावसायिक फुटबल खेलिरहेका उनले ६ खेलमा ३ गोल गरेका छन्।

नेपाली फुटबलमा आरसिटीबाट खेल्न सुरु गरेका ओलावालेले  थ्री स्टारबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। आरसिटीमा रहँदा अमर डंगोल र ओलावालेको कम्बीनेसनको ठूलो चर्चा हुने गरेको थियो। त्यस्तै, ब्रिगेड ब्बाइजले नाइजेरियाका तीन खेलाडीलाई अनुबन्ध गरेको छ। जसमा कजिम एन्टी जी र टिजीलाई स्ट्राइकरको रूपमा भित्र्याएको जनाएको छ। यस्तै, मिडफिल्डरमा करिमलाई अनुबन्ध गरेको छ। क्लबले यु–१८ ललित स्मृति कप च्याम्पियसिप दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका ८ खेलाडीहरूले सिनियर टिममा राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.