|

काठमाडौं : विश्वदीप घिमिरेको निर्देशनमा फिल्म ‘पेशा’ निर्माण हुने भएको छ। बुधवार दिउँसो काटेश्वरको महादेवस्थान मन्दिरमा फिल्मको शुभ मूहर्त गरिएको छ। 'फायर इन्टरप्राइजेज प्रालि'को ब्यानरमा  निर्माण हुने यस फिल्ममा प्रस्तुतकर्ता रोजन रखाल हुन्।

समसामायीक, राजनीतिक र चेलिबेटी बेचबिखनको कथामा बन्न लागेको यस फिल्मको कथा टीकाराम रखालले लेखेका छन्। जीएस आलेको लगानी रहने फिल्ममा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाइली लगायतको अभिनय रहनेछ। 

फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टंक बुढाथोकी र जीएस आलेको संगीत रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.