|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठक मंगलबार ८ बजेसम्मका लागि स्थगित भएको छ।

सोमबार बैठकमा ३० जनाले आफ्नो धारणा राख्नका लागि नाम टिपाएका थिए। तर २१ जनाले मात्रै बोल्न पाए। केन्द्रीय समितिमा समसामयिक, राजनीतिक तथा संविधान कार्यान्वयनका विषयमा छलफल भएको थियो।

बैठकमा अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोग प्रस्तावको पक्षमा कांग्रेसले तत्काल निर्णय लिनुपर्ने धारणा धनराज गुरुङ, उमाकान्त चौधरी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे लगायतका केन्द्रीय सदस्यहरुले राखे।

तर, अधिकांश केन्द्रीय सदस्यहरुले कार्कीमाथि महाभियोग लगाउने एजेन्डा एमाले र माओवादीको भएकाले कांग्रेसले हतारमा निर्णय लिन नमिल्ने धारणा राखे। 'यस विषयलाई गम्भीरतापूर्वक लिएर सुझबुझपूर्ण ढंगले निर्णय आउनेछ। परिस्थितिको अध्ययन गरेर कांग्रेस अघि बढ्नेछ। मंगलबारसम्म हामी यस विषयमा निष्कर्षमा पुग्नेछौ।', बैठकपछि  केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.