|
फोटो सौजन्य ताम्कु प्रहरी चौकी संखुवासभा

संखुवासभा : लगातारको वर्षापछि आएको पहिरोले सिलिचोङ गाउँपालिका-३ ताम्कु याचम्खामा १३ घर परिवार विस्थापित भएका छन्। भने ३५ घर परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कटुवालेले जानकारी दिए।

अहिले पनि त्यस क्षेत्रमा पहिरो नरोकिएका कारण उद्दार तथा व्यवस्थापनमा कठिनाइ भएको उनले बताए। तलबाट पहिरोले तान्न थालेपछि साम्तेल गाउँ नै जोखिममा परेको छ। विस्थापित परिवारलाई गाउँपालिकाले बुधबार ३५ वटा त्रिपाल वितरण गरिसकेको गाउँपालिकाका प्रमुख राम कुलुङले बताए।

उनले भने, 'पूरै गाउँ पहिरोको जोखिममा छ तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ।' पहिरोको जानकारी जिल्ला दैविक प्रकोप उद्दार समितिलाई समेत जानकारी गराइसकिएको उनको भनाइ छ। एक दशक अघिको पहिरोले छिमेकी गाउँ सिकिदिमलाई आफ्नै आँखाअगाडि लगेको झलझली सम्झिरहेका साप्तेलवासीहरू आफूहरुले पनि त्यही नियती भोग्नुपर्ने हो कि भन्ने त्रासमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.