|
प्रतीकात्मक फोटो

लहान : पत्रिका बाँडिरेहका सञ्चारकर्मीलाई हातपात गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्न माग गरिएको छ।

सप्तरीको राजविराजबाट प्रकाशित हुने मधेश न्युज दैनिकका भारदह समाचारदातासमेत रहेका भूपदेव मालीलाई हातपात गर्ने हनुमाननगर कंकालिनी नगरपालिका १ का पवन कुमार मण्डललाई कानुनी कारबाहीको माग गरिएको हो। मधेश न्यूज प्रालि राजविराजका अध्यक्ष दिनेश कुमार यादवले प्रेस विज्ञप्तिमार्फत् मण्डलविरुद्ध कारबाहीको माग गरेका हुन्।

भारदह क्षेत्रमा पत्रिका वितरण गरिरहेको समयमा बुधबार बिहान मालीलाई केही सोधखोजसमेत नगरी एक्कासी कुटपिट गरिएको घटनाको भर्त्सना गर्दै विज्ञप्तिमा घटनाको छानबिन र दोषीमाथि कारबाहीका लागि पहल गरिदिन नेपाल पत्रकार महासंघ सप्तरी शाखासहित सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.