|

काठमाडौं : मुलुकमै पहिलो पटक गरिएको आर्थिक गणनाले निजी क्षेत्रका नौ लाख २२ संस्थामा ३४ लाखले रोजगारी पाएको प्रारम्भिक अनुमान गरिएको छ।  मुलुकमै पहिलो पटक गरिएको आर्थिक गणना २०७५ को प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो।  

 निजी क्षेत्रले दर्ता गरे संचालन गरेका उद्योगहरूमा ३४ लाख आठ हजार ७४६ जनाले रोजगारफ पाएका छन्। जसमा पुरुष २० लाख ४५ हजार १३ लाख ६३ हजार जनाले रोजगारी पाएका छन्। आर्थिक गणनाले औसतमा एउटा संस्थाले चार जनालाई रोजगारी दिएको देखाएको छ। रोजगारीको सिलसिलामा यसबाहेक भारत तथा तेस्रो मुलुकमा झण्डै ५० लाख रहेका छन् भने निजामति सेवामा पाँच लाख कर्मचारी रहेका छन्।

त्यस्तै सबैभन्दा धेरै रोजगारी सृजना प्रदेश ३ ले गरेको छ भने सबैभन्दा कम रोजगारी प्रदेश ७ ले सृजना गरेको आर्थिक गणनाको प्रारम्भकि तथ्यांकले देखाएको छ।

गणनाले  औषत प्रति उद्योग घनत्न ६.३ प्रति वर्ग किलोमिटर रहेको छ।  भारतमा कति नेपाली छन् भन्ने विषयमा भने एकिन तथ्यांक रहेको छैन। यसो गर्दा नेपाल बाहिर र भित्र गरि करिब एक करोड जनसंख्याले रोजगारी पाएको देखिन्छ। 

औषत तीन जना बराबर एक जना महिना श्रमशक्ति रहेको देखिएको छ। विस्तृत विवरण आउँदा यो तथ्यांकमा केही घटबढ हुनसक्‍ने तथ्यांक विभागमा निर्देशक अनिल शर्माले बताए। आर्थिक गणानको विवरण भने चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा सार्वजनिक गर्ने तयारी गरेको छ। 

तथ्यांक संकलनका क्रममा ७७ जिल्लामा विभागले ४५ सय जनशक्ति खटाएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.