|

सुनसरी : इटहरी उपमहानगरले सार्वजनिक, ऐलानी, पर्ति जग्गा खोजी अभियानलाई तीव्रता दिएको छ। इटहरी उपमहानगरमा रहेका सार्वजनिक, ऐलानी, पर्ति जग्गा खोजी गर्न गठित समितिको वैठकले खोजी अभियान तीव्र बनाउने निर्णय गरेको समितिका संयोजक वडा १३ का अध्यक्ष शिवनारायण चौधरीले जानकारी दिए।

इटहरी उपमहानगरभरको वडा नक्सा ल्याउन नापी कार्यालय जाने संयोजक चौधरीले बताए। नक्सा प्राप्त भएपछि प्राविधिकसहित प्रत्येक वडामा पुगेर अनुगमन गरिने छ। त्यसक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाज लगायतसँग सर्वपक्षीय छलफल गरिने उपमहानगरपालिकाका  प्रमुख द्वारिकलाल चौधरीले बताए। उद्योग वाणिज्य संघ, नागरिक समाज र वुद्धिजीवीसँग समेत छलफल गरेर समिति अघि बढने उनले जनाए। वडा वडामा गरिने छलफल र परामर्शवाट सार्वजनिक,पर्ति, ऐलानी जग्गा कहाँ कति छन् थप जानकारी प्राप्त हुने समितिले अपेक्षा गरेको छ।

इटहरीमा झण्डै एक हजार विगाह ऐलानी जग्गा

यसअघि इटहरी उपमहानगरका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा बनेको ऐलानी पर्ति जग्गा खोजविन तथा संरक्षण समितिले उपमहानगरमा प्रतिवेदन वुझाइसकेको छ। सो समितिले वुझाएको प्रतिवेदनमा खोलानाला, पोखरी, मठमन्दिरले चर्चेको सहित इटहरीमा ९९५ विगाह ६ कठ्ठा डेडधुर जग्गा ऐलानी, पर्ति, जग्गा रहेको छ। साविकको इटहरीमा २३० विगाह ७ धुर, खनारमा ३२६ विगाह,१९ कठ्ठा ११ धुर, एकम्वामा १७३ विगाह १६ कठ्ठा ११ धुर, पकलीमा १२२ विगाह ६ कठ्ठा ५ धुर र हाँसपोसामा १४१ विगाह १५ कठ्ठा १५ धुर जग्गा रहेको छ। 

वडा १३ का वडाध्यक्ष शिवनारायण चौधरी ऐलानी पर्ति सार्वजनिक जग्गा खोज समितिको नेतृत्वमा बनेको खोजी समितिका सदस्य अधिवक्ता शारदा अधिकारीका अनुसार अघिल्लो समितिले दिएको प्रतिवेदनमा वडा वडामा रहेका जग्गाको कित्ता नम्वर उल्लेख गरिए पनि नक्सा पहिचान हुन नभएकाले नक्सा पहिचान गरेर समिति अघि बढन लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.