|

काठमाडौं  : तिहारको बेला देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न गृह मन्त्रालयले आग्रह गरेको छ। रातको समयमा अवान्छित गतिविधि हुनसक्ने भन्दै शान्ति सुरक्षामा असर पर्न नदिन १० बजेसम्म मात्र खेल्नको लागि मन्त्रालयले अनुरोध गरेको हो। 

तिहार र छठ जस्ता पर्वहरुमा भूइचम्पा, पटाका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ। जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकोले मन्त्रालयले विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात र विक्रि वितरण गर्न समेत रोक लगाएको छ। 

मन्त्रालयले त्यस विपरित काम गरेमा प्रचलित कानु बमोजिम कारवाही हुने समेत जानकारी गराएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.