|

काठमाडौं : राष्ट्रिय तथ्यांक विभागले सातै प्रदेशमा रहेका निजी उद्योग तथा व्यापारिक प्रतिष्ठान, त्यहा रहेको श्रमशक्ति तथा लगानी लगायतका विवरणको लागि गरेको आर्थिक गणना २०७५ टुंग्याएको छ। आर्थिक गणनाअनुसार नेपालमा नौ लाख २२ हजार प्रतिष्ठान र ३४ लाख भन्दा बढीले रोजगारी पाएको देखिएको छ। 

प्रदेशअनुसार भने धेरै उद्योग प्रदेश तीनमा केन्द्रित भएको देखिन्छ भने सबै भन्दा न्युन उपस्थित कर्णाली प्रदेशमा देखिएको छ। प्रदेश तीनमा करिब १ लाख ४८ हजार उद्योग प्रतिष्ठान रहेकोमा कर्णालीमा जम्मा ४२ हजार ८१७ प्रतिष्ठान रहेको छ।  धेरै  प्रतिष्ठान हुने दोस्रोमा भने प्रदेश १ रहेको छ। 

प्रदेश

उद्योग तथा व्यापारिक प्रतिष्ठान

१,६८,४३४

१,१७,७५८

२,८२,०५६

गण्डकी

१,००,६८८

१,४७,८९२

कर्णाली

४२,८१७

६२, ९७०

रोजगारीको हिसाबले प्रदेश ३ बाट करिब १२ लाखले रोजगारी पाउँदा कर्णालीमा भने डेढ लाखले पनि रोजगारी पाएका छैनन्। रोजगारी पनि प्रदेश तीन पछि बढी पाउनेमा प्रदेश १ रहेको छ।

प्रदेश

उद्योग तथा व्यापारिक प्रतिष्ठानमा रहेको जनशक्‍ति

५,८०,०००

४,२४,२६७

११,९०,७२१

गण्डकी

३,४१,८१८

५,२७,९६०

कर्णाली

१,३२,४२५

२,११,५५५

महिला पुरुषको औषत काम रोजगारी हेर्दा तुलनात्कम रुपमा कम अन्तर भने कर्णाली प्रदेशमा रहेको छ। जहाँ एक लाख ३२ हजार मध्ये ७६ हजार पुरुष र ५५ हजार महिला रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.