|

दमक (झापा) : दमकका कपडा व्यवसायी खेमराज पौडेलको अपहरणपछि भएको हत्याको बिरोधमा व्यवसायीहरू सडक प्रदर्शनमा उत्रिएका छन्। हत्यारालाई कडा करावाहीको माग गर्दै दमक उद्योग वाणिज्य संघको अगुवाईमा बिहीबार व्यवसायीले इलाका प्रहरी कार्यालय दमक अगाडि मौन जुलुस प्रदर्शन गरेका हुन्।

व्यवसायी सुरक्षाको माग समेत गर्दै निकालेको र्‍यालीले दमक चौक, वजार परिक्रमा गरेको थियो। संघका अध्यक्ष राजेन्द्र ढकालले व्यवसायी पौडेलको हत्याको घटनाले असुरक्षा बढेको भन्दै त्यसप्रति प्रशासन गम्भीर बन्न इलाका प्रहरी कार्यालय दमकमा ध्यानकर्षण समेत गराइएको बताए।

गौरीगञ्ज बन्द

व्यवसायी पौडेलको हत्या भएको स्थान गौरीगञ्जमा भने व्यवसायीले बजार बन्द गरेका छन्। स्थानीय उद्योगी व्यवसायीले स्वतस्फूर्त रुपमा गौरीगञ्ज बजार बन्द गरेका हुन्। घट्नामा संलग्नको सूक्ष्म अनुसन्धान गरी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्दै  व्यवसायीले बजार बन्द गराएका हुन्। कमल गाउँपालिका-६ मंगलबारेका ३८ वर्षीय कपडा व्यापारी पौडेलको श्रीमती दीपासँगै गौरीगञ्ज बजारमा उधारो उठाउन गएका वेला अपहरणपछि गत भदौ २६ गते हत्या भएको थियो।  

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय सद्याम हुसैनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए। पक्राउ परेका २८ वर्षीय हुसेनले रिसीइवीका कारण आवेगमा आएर हत्या गरेको स्वीकारेका पौडेलको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.