|

काठमाडौं : ट्रेलर र गीतका कारण निकै चर्चामा रहेको फिल्म 'इन्टु मिन्टु लण्डनमा' को दुई नयाँ पोस्टर रिलिज भएका छन्। बिहीबार सार्वजनिक गरिएको फिल्मको एक पोष्टरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धीरज मगरको केमेष्ट्री देखाइएको छ। जहाँ उनीहरू निकै प्रेमिल देखिएका छन्। दोस्रो पोष्टरमा भने फिल्मका सम्पूर्ण कलाकारहरू फिचरिङ छन्।   

असोज ५ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई रेनशा वान्तवा राईले निर्देशन गेरकी हुन्। लभ स्टोरी फिल्म 'इन्टु मिन्टु लण्डनमा' मा साम्राज्ञी र धीरजसँगै शारुक ताम्रकार, अर्जुन श्रेष्ठ, विजय लामा, रुवी राणा र दिलभूषण पाठक, सुनिशा बजगाईंको पनि अभिनय रहेको छ।

'आइकोर फिल्मस्' को व्यानरमा निर्माण भएको फिल्ममा प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको लगानी रहेको छ। प्रज्ज्वल शमशेर र रेनेशाको कथा समावेश फिल्ममा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ। फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.