|

पोखरा : गण्डकी प्रदेशले बजेट कार्यान्वयनको काम सुरु गरेको छ। सरकार गठन भएको ६ महिनापछि बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पौ खोला लुम्रे सिमल बेँशी सिँचाइ आयोजनाको शिलान्याश गरेर बजेट कार्यान्वयनको सुरु भएको बताएका हुन्।

बिहीबार नै स्थापना भएको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले हेर्ने गरी उक्त आयोजना निर्माण हुन लागेको हो।  आयोजनाको शिलान्यास पछि बोल्दै मन्त्री बस्नेतले प्रदेशका हरेक जिल्लामा एउटा/एउटा आयोजनाहरुको काम सुरु गरेर बजेट कार्यान्वयनको पाटोमा लाग्ने बताए।

प्रदेश सरकार नितान्त नयाँ सरकार हो, कान्छो सरकार होबस्नेतले भने बजेट बिनियोजन गरेर कार्यान्वयनकै प्रक्रियामा छौँ। माछापुच्छ्रे हिमालको फेदीबाट हामीले प्रारम्भीक काम सुरु गरेका छौँ। अब प्रदेशका ११ वटै जिल्लाबाट काम सुरु हुन्छ।

विकास निर्माणमा सरकार गठन भएको छ महिनापछि पहिलोपटक बजेट कार्यान्वयनको पाटोमा गएको मन्त्री बस्नेतको भनाई छ। दुई सय घरधुरी लाभान्वीत हुने उक्त आयोजना आगामी वर्षको असार १ गतेभित्र सकिने मन्त्री बस्नेतले बताए। आयोजनाको लागत स्टमेट भइसक्योउनले भने योजना निर्माणको प्रगति भएअनुसार रकम विनियोजन हुन्छ। पैसाको हर्ज हुँदैन। यो आयोजना आगामी असार १ गते भित्र सक्नेगरी काम गर्न प्राविधिक कर्मचारी र स्थानीयहरूलाई मैले आग्रह गरेको छु।

२८ वर्षअघि निर्माण भएको उक्त सिँचाइ आयोजनालाई यस वर्ष पूर्णरूपमा मर्मत गर्न प्राविधिकहरूले एक करोड १० लाख रुपैयाँ बराबरको स्टमेट निकालेका छन्। तर, तत्कालका लागि प्रदेश सरकारले ४५ लाख रुपैयाँ विनियोजन गरेको छ। ३४ हेक्टर क्षेत्रफलको खेतमा सिँचाइ गर्न एक किलोमिटर सातसय मिटर दूरीको नहर निर्माण हुन लागेको हो। उक्त नहरबाट प्रतिसेकेण्ड ७० लिटर पानी बग्ने अनुमान गरिएको छ।

आयोजना निर्माण समयमै सम्पन्न गर्न स्थानीयको सहयोग आवश्यक रहेको भन्दै मन्त्री बस्नेतले सहयोग गर्न स्थानीयलाई आग्रह पनि गरे। आफ्नो काम भनेर सहयोग गर्नुस्बस्नेतले भने आगामी वर्ष खेतमा धान रोप्दा यहि नहरबाट गएको पानीले रोपाइँ गर्नुपर्छ। यो आयोजनाले यहाँका किसानको जीवनस्तर उकास्न मद्दत गर्छ भन्ने प्रदेश सरकारको विश्वास छ।

उनले प्रदेशको विकास गर्न स्थानीय तहसँग काम गर्न प्रदेश सरकार तयार रहेको बताए। हामी स्थानीय तहसँग मिलेर काम गर्छौँउनले भने यहाँ भइरहेको कामको अनुगमन गर्ने, काम रोकिएको भने किन रोकियो भन्ने विषयमा स्थानीय तहसँग समन्वय हुन्छ।

उनले स्थानीय जनताको आर्थिक विकास गर्न केके गर्दा परिवर्तन हुन्छ भन्ने सोच्न जरुरी रहेको बताए। देशका धेरै मानिसहरु गुमाएर आएको नयाँ शासनले जनताको परिवर्तन गर्न सम्भव रहेको समेत बताए। धेरै मान्छे गुमाएर नयाँ शासन ल्याएका छौँउनले भने राजाले गर्दा भएन, सिंहदरबारले गर्दा विकास भएन, अहिले हामीले रोजेको शासन छ। गाउँमा विकासको अनुभूति जनतालाई गराउन सकेनौँ भने जनप्रतिनिधिको के काम?’ देशमा कांग्रेस कम्युनिस्टलगायत सबै राजनीतिक दलको उद्देश्य समृद्ध देश बनाउने भएकोले सबैलाई सहयोग गर्न उनले आग्रह गरे।

आयोजना सबैका लागि अपरिहार्य छबस्नेतले भने विकासका लागि हामी एक हुन जरुरी छ। युवाहरू विदेसियका छन्, बूढाबूढी पिँढीमा घुत्रुक्क परेका बसेका छन्, अब मुलुकमै रोजगारी सृजना गर्नुपर्छ। हामी प्रदेश सरकारको तर्फबाट केही गर्दैछौँ। बजेट छुट्याएका छौँ।हिजोको कार्यशैलीले विकास हुन नसक्ने भन्दै उनले परिवर्तन हुन जरुरी रहेको बताए।

विस्तृत इन्जिनियरिङ प्रतिवेदन आइसकेको र सोही अनुसारका आयोजनाको काम सुरु भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब इश्वरचन्द्र मरहट्टाले बताए। यो गण्डकी प्रदेशको पहिलो कार्यक्रम होमरहट्टाले भने प्रदेशको ११ वटै जिल्लामा तत्कालै एउटा/एउटा आयोजना सुरु हुन्छ। अब गण्डकी प्रदेशमा विकास निर्माणको काम सुरु भयो भन्ने सन्देश दिदैछौँ।माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले प्रदेश सरकारसँग गाउँपालिकाले काम गर्न तयार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.