|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको प्रदेश र जिल्ला कमिटी एकताको विधि निर्माण गर्ने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको नेकपाको सचिवालय बैठकले पार्टी एकताको खाका तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुवै अध्यक्ष भोलि शुक्रबार बिहान बसेर एकताको विधि तयार पार्नेछन्। 

 पछिल्लो समय पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका क्रममा आफ्नो पक्षका नेताहरूलाई पाखा लगाएको भन्दै असन्तुष्टी जनाउँदै आएका थिए। पूर्व एमालेको नेपाल पक्षले विभिन्न जिल्लामा एकताका क्रममा अध्यक्ष ओली पक्षले एकलौटी गरेको र अन्याय गरेको भन्ने आरोप लगाउँदै आएको थियो। बुधबार बसेको सचिवालय बैठकमा नेता नेपालले उक्त कुरा उठाएपछि प्रदेश कमिटी घोषणा गर्ने कार्य बिहीबार आजका लागि भनेर सारिएको थियो। आजको बैठकमा पनि सोही कुरा दोहोरिएपछि सचिवालय एकताका लागि निश्चित विधि बनाउन तयार भएको हो। 

यसअघि सांसद, स्थानीय तहमा निर्वाचित प्रमुख/उपप्रमुख, राजकीय पदको लाभ लिएका व्यक्तिलाई एकताको नेतृत्वमा आउन नपाउने मापदण्ड बनाएको भएपनि त्यो पर्याप्त नभएको भन्ने नेता नेपाल पक्षको भनाइ थियो। 

यसरी थप मापदण्ड बिना नै प्रदेश एकताको घोषणा गर्ने तयारी गरिएको थियो। पूर्वएमाले र पूर्वमाओवादीका प्रदेश र जिल्ला समितिहरूलाई कसरी एकताको प्रक्रियामा ल्याउने भन्ने निश्चित मापदण्ड बनाइकनै काम अगाडि बढाइएको थियो। प्रदेश र जिल्ला एकताको लागि बनाइएका समितिहरूले आफ्ना प्रतिवेदन महासचिव विष्णु पौडेललाई दिएका थिए। पौडेलले उक्त प्रतिवेदनहरू सचिवालयमा पेश गरेका थिए। 

नेकपाका संगठन तथा विभागको एकता पनि रोकिएको छ।

सम्ब्धन्धित समाचार:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.