|

सोलुखुम्बु : भालुको आक्रमणबाट दुईजना गम्भीर घाइते भएका छन्। सोलुदूधकुण्ड नगरपालिका ३ माठुङका करिब ४० वर्षीया सानु मगर र ४७ वर्षीया मनकुमारी मगर भालुको आक्रमबाट गम्भीर घाइते भएका हुन्।

बिहीबार दिउँसो करिब १२ बजे घर नजिकैको थुम्लिङ जगंलमा घाँस काट्न जाँदा भालुले आक्रमण गरेको स्थानीय गोर्कण मगरले जानकारी दिए। भालुको आक्रमणबाट उनीहरूको टाउँको, घाँटी, ढाड र तिघ्रामा गहिरो चोट लागेको छ। स्थानीयका अनुसार घर नजिकैको जगंलबाट खर काटेर फर्कने क्रममा भालुले आक्रमण गरेको हो। पाँच जनासँगै घाँस काट्न गए पनि अन्य तीनजना भने भागेर बच्न सफल भएको बताइएको छ।

थप उपचारको लागि काठमाडौं पठाइयो

भालुको आक्रमणबाट गम्भीर घाइतेभएका दुवैजनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ। घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि बिहीबार नै काठमाडौ लगिएको हो।

उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर झिकाइए पनि मौसम प्रतिकूलताका कारण हेलिकोप्टर आउन नसकेपछि जिपमार्फत् लगिएको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिए। घाइतेको शल्याक्रिया गर्नुपर्ने भएकाले काठमाडौं 'रेफर' गरिएको जिल्ला अस्पताल फाप्लुका प्रमुख डाक्टर मिङमार छिरिङ शेर्पाले बताए।

पछिल्लो समय जिल्लाको माथिल्लो क्षेत्रमा अहिले भालुले आतंक मच्चाएको छ। माथिल्लो क्षेत्रमा मकै खानेबेला भएकाले घरनजिकै भालु आउने भएपछि स्थानीयमा त्रास फैलिएको छ। बिहान बेलुका हिँड्डुल गर्नसमेत समस्या हुनेगरेको तामाखानीका गोपाल मगरको भनाई छ।

'आफ्नै बारीमा काम गर्न जाँदासमेत भालुको आक्रमणमा परिन्छ कि भन्ने डर लाग्छ', मगरले भने, 'वर्षभरी खान लगाएको मकै जोगाउँनको लागि रातभर जाग्राम बस्नुपर्छ भने दिउँसा डरसरी बारीमा जानुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.