|
प्रतीकात्मक फोटो

कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका ५ की बेलुदेवी बिष्टको नौ महिने छोरी सरस्वती चोरिएको सात घण्टापछि प्रहरीले फेला पारेकी छन्। बुधवार नगरपालीका ८ गाउँमा तीज मनाउन माइतीमा आएका बेला आमासँगै राति सुतेकी सरस्वतीलाई अज्ञात महिलाले मध्यरात एक बजेको समयमा चोरेर लगेका हुन्।

बालिका चोरिएको खबर पाउना साथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेपछि  प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा बिहीबार विहान ७ बजे माइती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।  'नगरपालिकाका नगरप्रमुख जीवन थापासहितको उपस्थितिमा बालिकालाई उनका आफन्तको जिम्मा लगाएका छौँ' उनले भने।

बालिकाको शरिरमा स साना फोका देखा परेपछि सेती अञ्चल अस्पतालमा उपचारका लागि पठाइएको र त्यहाँबाट बालिकालाई बालकान्ति अस्पताल काठमाडौं लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायले बताए।  बालिका चोरी गर्नेको खोजतलासको कार्य जारी रहेको उनको भनाई रहेको छ।

किशोरी बेचविखनको आरोपमा पक्राउ लावड पुर्पक्षका लागि कारागार चलान

त्यसैगरी १६ वर्षीया किशोरी बेचविखनको आरोपमा पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रेम लावडलाई जिल्ला अदालत कञ्चनपुरको आदेशमा बिहीवार पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

लावडलाई प्रहरीले १६ वर्षीया किशोरीलाई ललाइफकाई नोकरी लगाउने बहानामा भारतको राजिस्थान पुर्‍याएर बेचविखन गरेको आरोपमा  पक्राउ गरेको हो।

पक्राउ परेका लावडलाई मानव बेचविखन तथा ओसारपसार मुद्दाअन्तर्गत अनुसन्धानपश्चात् अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.