|
प्रतीकात्मक फोटो

रामेछाप : जिल्लाको रामेछाप नगरपालिका७ मुढाजोरमा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्दा बालिकाले हानेको रडले लागे ६५ वृद्धाको ज्यान गएको छ।

आफूलाई जबरजस्ती गर्न खोजेपछि नाताले छिमेकी नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर ६५ पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो। घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी नातिनीलाई हजुरबुवा पर्नेले नै जबरजस्ती गर्न खोजेका खोजेका थिए।

हजुरबुवाले समातेर लडाउन खोजेपछि बालिका हात फुत्काएर भाग्न सफल भएकी बालिकाले आफ्नो घरमा गएर फलामको रड लिएर गई हजुरबुवाको घरमै गएर रडले प्रहार गरेको थिइन्।

बालिकाले हानेको रडले लागेर हजुरबुवाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। आफूले हानेको रडले लागेर हजुबुबाको मृत्यु भएपछि रडसहित बालिका प्रहरी चौकी रामेछाप पुगेकी थिइन्।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.