|

दक्षिण कोरियाका स्ट्राइकर सन हेङ मीन टोटनह्याम फर्किएका छन्।  विश्वकपमा आफ्नो देश पहिलो चरणबाटै बाहिरिएपछि अनिवार्य सैनिक सेवामा फर्किनुपर्ने दबाबमा रहेका मीनले एसियाली खेलकुद अन्तर्गत फुटबलमा देशलाई स्वर्ण जिताएर अनिवार्य सैनिक सेवा गर्नुपर्ने बाध्यताबाट छुट पाएका हुन्।

कोरियन कानुनअनुसार सनलाई एसियाली खेलकुदमा स्वर्ण नजिताएको भए अनिवार्य सैनिक सेवामा बस्नुपर्ने बाध्यता थियो। तर स्वर्णसँगै उनको संकट टरेको छ। अन्यथा उनको लण्डन यात्रा नै संकटमा पर्ने थियो। जसले गर्दा मीनको करिअरकै बारेमा प्रश्न उठेको थियो। अब उनी चिरप्रतिद्वन्द्वी लिभरपुलविरुद्ध आइतबार हुने खेलमा उपस्थित हुनेछन्, जसले टोटनह्यामलाई राहत पुर्‍याउनेछ।

स्ट्राइकर सनले देश र क्लबका लागि सँधै राम्रो गर्ने प्रयास गरेको बताएका छन्। उनले कानुनको ठूलो समान गर्ने भन्दै देशको उपलब्धिका लागि निरन्तर प्रयास गरेको बताए। ‘मैले सँधै राम्रोका लागि प्रयास गरेँ। यो समरमा अझ राम्रो गर्ने प्रयास गर्नेछु’, उनले भने। फुटबलका ठूला मञ्चहरूमा प्रतिस्पर्धा गरेपछि देशले स्वभाविक रूपमा बढी अपेक्षा गर्ने उनले फुटबल व्यक्तिगत स्पर्धा नभई टिम खेल भएको तर्क गरे। 'त्यसैले एकले होइन, आफ्नो तर्फबाट सबैले राम्रो गर्नुपर्छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.