|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले आफ्नो जन्मदिनको अवसरमा असहाय दलितको घर बनाउनमा सहयोग गरेका छन्। 

बिहीबार परेको जन्मदिनको अवसरमा नगर प्रमुख ओझाले अमरगढी नगरपालिका–९ मा रहेका असहाय ७५ वर्षीय अजव सार्कीको घर मर्मत गर्न सुरुवात गरेका छन्। उनकै घरमा पुगेर नगरप्रमुख ओझाले छाना छाउनका लागि जस्तापाता दिएका छन् भने अन्य मर्मतका लागि सहयोग गर्ने बताएका छन्। 

अमरगढी नगरपालिका वडा नं. ९ को पनौलीमा घर भएका सार्की सानैमा बुवा बितेपछि आमासँगै सोही वडामा रहेको ढाँटगाँउमा मामा घरमा बस्दै आएका थिए। सानैदेखि कुष्टरोग लागेका उनी आफ्नो मामा घरमा बस्दै आएपछि हुर्किदै बढ्दै गर्दा अहिले उनको उमेर ७५ वर्ष पुग्यो। उनकी आमाको निधन भएको २० वर्ष पुराभयो। उनलाई हेर्ने कोही भएन्। 

पानी परेपछि छाता ओढेर बस्नुपर्ने समस्या रहेको र वृद्धाअवस्थामा आउँदा आफूलाई हेर्ने कोही नहुँदा नगरप्रमुखले राम्रो काम गरेको उनको भनाइ छ। मामा घरमा उनलाई बस्नका लागि घरसंगै जोडेर सानो कोठा बनाइएको छ जुन अहिले आएर निकै जीर्ण भएपछि नगरप्रमुख ओझाले मर्मत गर्ने योजना बनाएका हुन्। 

जीर्ण अवस्थामा रहेको घरको पर्खालदेखि नै मर्मत गर्ने र टिनको छाना लगाएर असहाय सार्कीलाई बस्नेसम्मको व्यवस्थापन गर्ने नगरप्रमुख ओझाले बताए। जन्मदिन मनाउदा हुने फजुल खर्चलाई असहायहरुको सेवामा लगाउन पाँउदा निकै हर्षित भएको उनको भनाइ छ।  

आफ्नो नगर क्षेत्रमा रहेका असहाय व्यक्तिलाई सहयोग गर्न पाउदा खुसी व्यक्त गर्दै नगरप्रमुख ओझाले भने–‘सबैले आफ्नो फजुल खर्चलाई रोकेर सेवाभावका साथ गरिब तथा असहायलाई प्रदान गर्नुपर्छ।’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.