|

काठमाडौं : कारखाना भन्‍नाले सामान्य कुनै वस्तुको उत्पादन गर्ने स्थललाई बुझिन्छ। कस्तो वस्तु उत्‍पादन गर्ने हो त्यही किसिमको कारखाना स्थापना गरिन्छ।

पाँच युवाले पछिल्लो पाँच वर्षदेखि काठमाडौंको ज्ञानेश्‍वरमा 'कारखाना प्रालि' सञ्‍चालन गरेका छन्। त्यसको पूरा नाम भने कारखाना एसिया राखिएको छ। पाँच वर्षदेखि सञ्‍चालनमा रहेको यो कारखानाले के वस्तु उत्पादन गर्छ होला त? नाम कारखाना भए पनि प्रालिमा सामान्यतया कारखानामा हुने काम हुँदैन। बरु कारखानामा काम कसरी गर्ने, काम गर्दा के विषयमा ध्या‍न दिने, आफूले गरेको काम अरूलाई कसरी सिकाउने, लगायतका विषयमा केही जानकारी दिइन्छ।

'सामान बनाउनेस्थललाई कारखाना भनिन्छ, हाम्रो कारखानाले भने सिकाउनको लागि केही बनाउँछ, उद्देश्‍य बनाउने हैन सिकाउने हो' कारखाना प्रालिका प्रमुख सञ्‍चालक अधिकृत सचेत मानन्धरले थाहा खबरसँग भने। तर, उनीहरू एउटा नयाँ ढंगको व्यवसाय भने फस्टाएको छ।
कारखाना प्रालिले आफ्नो संस्थालाई शैक्षिक संस्थाको रूपमा चिनाउने गर्छ।

यो संस्थाको सपना भने केही वर्षमा एसियाका सबैदेशमा आफ्नो कारखाना स्थापना गर्ने वा पहुँच विस्तार गर्ने छ। यसको काम भने ८ देखि १८ वर्ष उमेर समूहका व्यक्तिलाई चारवटा सीप सिर्जनशीलता, सञ्चार, सहयोग, फरक सोच सिकाउनेछ।

व्यावसायिक यात्रा
२०१२ सालमा इन्जिनियरिङ पढ्दै गरेका युवाहरूको विनापैसा गरिएको कल्पना थियो कारखाना सचेत मानन्धरसहित केही इन्जिनियरिङ पढेका विद्यार्थी रोबर्ट एसोसियसन अफ नेपाल 'र्‍यान'मा थिए। मानन्धर रोबर्टका विषयमा विद्यार्थीहरू प्रशिक्षण दिन जान्थे केही सिकाउन खोज्थे कति पढेको कुरा सिकाउन आउँदैनथ्‍यो, कति सिकाउन खोज्दा खोज्दै पनि सिक्न चाहँदैनथे।

पढाइलाई व्यावहारिक रूपमा प्रयोग र पढेको कुरा अरूलाई सिकाउनुपर्ने समस्याको विषयमा उनीहरूले बुझे मौका त्यहीँ भयो। यसै क्रममा काठमाडौं युनिभरसिटीमा इन्जिनियरिङ पढेका सचेतसँग अन्य कलेजमा पढ्ने विद्यार्थीहरूबीच पनि भेट भयो।

इन्जिनियरिङ शिक्षा प्रयोग गरेर केही नयाँ उत्पादन बजार विस्तार गर्ने योजना थियो। हतपत केही बनाउने भनेपछि नाम रह्‍यो 'कारखाना'। सुरूमा उनीहरू सात थिए सचेत मानन्‍धर, साकार पुडासैनी, सुनाेजदास श्रेष्ठ, सुरेस घिमिरे, पवित्र गाैतम, दिपेश्वरमान श्रेष्ठ र राेसन भट्ट। सेयर हाेल्डर भने पाँच जना रहे।

उनीहरूले पहिलाे कामको रूपमा व्यान्डिङ मेसिन बनाएका थिए। ई-सेवासँग मिलेर गरेको व्यान्डिङ मेसिनअन्तर्गत एक म्यासेजको भरमा सामान घर पठाउने योजना थियो। कुनै ग्राहकको म्यासेज आएपछि सामान पठाइन्थ्यो पैसा भने ई-सेवाबाट उनीहरूका खातामा आउँथ्यो। अहिले यस्तो व्यवसाय काठमाडौंमा फस्टाएको छ। उनीहरू भने यो व्यवसायमा छैनन्। कारखाना सिक्ने सिकाउने काममा व्यस्त छन्।

कसरी हुन्छ व्यवसाय
सचेत भन्छन् हामी समान काम र समान ज्यालाजस्तै छौँ। कारोबारको ५० प्रतिशत रकम तलबमै खर्च हुन्छ भने बचत ५० प्रतिशत रकमले भने निरन्तर लगानी विस्तार गरिएको छ।

मासिक २० लाख अर्थात् वार्षिक दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने गर्छ। यसको ५० प्रतिशत मासिक १० लाख वार्षिक एक करोड २० लाख रुपैयाँ तलब खर्चमा जाने गरेको छ।

जबकि उनीहरूले सुरुवाताी महिना भने कुनै टिचर पैसा लिँदैनथे। भाडा तिर्दैनथे। पाटनर साकार पुडासैनीको घरबाहिरपट्टि स्पेसमा काम गर्थे। सेचेत भन्छन्, 'हाम्रो सुरुवाती लगानी केही हजार मात्रै थियो, लगानी गर्न पनि कहाँबाट पैसा लिनु र?'

केही महिना अघिसम्म ८ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीलाई क्‍लास दिने गर्न अहिले भने बढाएर ८ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीलाई पढाउँछन्। किताब हुने कथालाई नाटकको रूपमा आफूलाई पर्‍यो भने के गर्ने त्यसै गरी अघि बढ्न सकिन्छ कि सकिँदैनलगायत कसरी बोल्ने र विज्ञानलेको सिद्धान्त प्रयोग गरेर सामान कसरी निर्माण हुन्छ लगायतका विषयमा उनीहरूले क्ला‍स दिने गर्छन्।

अहिले भने उनीहरूले कारखानामा सिक्ने सिकाउने काम गर्छन्। ४० जना शिक्षक यो काममा लागेका छन्। सचेत भन्‍छन्, साइन्स, टेक्नाेलिजी, अार्टस म्याथमेटिक्सलाई' वास्तिवक प्रयोग र सिकेको कुरा सिकाउने कला हाम्रो मुख्य काम हो। काठमाडौंका ३३ वटा स्कुलहरूमा उनीहरूले यस्तो क्लास दिने गर्छन् भने कारखाना प्रालिमा भने त्यही उमेर समूहका अन्य विद्यार्थीलाई पनि पढाउँछन्। कारखाना अहिलेको आवश्‍यकता अनुसारका क्लासहरू दिने गर्छन् अहिले उनीहरूले भिडियोग्राफीको विषयमा क्लास दिएका छन्।

कारखाना भित्र र बाहिर गरेर अहिले तीन हजार विद्यार्थीलाई यस्तो क्लास दिइएको छ। स्कुलहरूमा सातामा एक दिनको हिसाब वार्षिक कार्यक्रम सञ्‍चालन गर्छन् भने कारखानामा आएर पढ्ने विद्यार्थीलाई तीन महिने कोर्समा छ। स्कुलबाट वार्षिक एक विद्यार्थीबराबर आठ हजार रुपैयाँ लिन्छन् भने कारखानामा तीन महिनाको कोर्सको साता हजार लिने गरेका छन्।

कारखानाको सपना
सचेत भन्छन् 'हामीले एसिया कभर गर्ने भनेर कारखाना एसिया नाम राखेका हौँ'। उनीहरूको मुख्य लक्ष्य भनेको एसियाका सबै देशमा नेपली युवाको इनोभेसन कारखाना प्रालिलाई स्थापित गराउने रहेको छ। 'चार वर्षमा कम्तीमा नेपालबाहेक चारवटा देशमा विस्तार गर्नेछौँ त्यसपछि अन्य देशमा विस्तार गर्दै लैजाने छौँ' सचेतले भने। अहिले यो ढाँचाका विषयमा पाकिस्तानले उनीहरूलाई बोलाएको छ एकजना शिक्षकलाई पठाएको सचेतले बताए।

न हजार विद्यार्थीको कक्षा सञ्‍चालन गर्दा ४० जान शिक्षक लागेको छन् भने एक लाखलाई सञ्‍चालन गर्दा सोही गति बढ्ने उनीहरूको भनाइ छ।

आगामी पाँच वर्षभित्र कम्तीमा एक लाख विद्यार्थीसँग काम गर्ने लक्ष्य उनीहरूले बोकेका छन्। काठमाडौं मात्रै रहेको कारखाना प्रालिलाई नेपालभर चिनाउने उद्देश्‍यसहित प्रत्येक प्रदेशमा कार्यक्रम सञ्‍चालन गर्ने योजनामा उनीहरू रहेका छन्।

तीन हजार विद्यार्थीको कक्षा सञ्‍चालन गर्दा ४० जान शिक्षक लागेको छन् भने एक लाखलाई सञ्‍चालन गर्दा सोही गति बढ्ने उनीहरूको भनाइ छ। अर्थात् ४० जनाको लागि अहिलेलाई काम पूरा छ। यस हिसाब करिब अहिले एकजना शिक्षक बराबर ७५ जना विद्यार्थी रहेकोमा यो कतिपय स्थानमा शिक्षकविना पनि उपस्थिति जनाउने र केही संख्या बढाए सय पुर्‍याउँदा पनि करिब नौ सयजनाले त्यहाँ जागिर पाउनेछन्।

कारखानाको र सचेतको मुख्य लक्ष्य भनेको परीक्षाको नम्बरको लागि पढाइ हैन केही जान्नका लागि पढाइ भन्ने रहेको छ। 'हामीले निकै दु:ख गरेर पढ्ने परीक्षामा राम्रो नम्बर पनि ल्याउन सिकेभन्दा केही छैन हामीले नम्बर बढी ल्याउने मान्छे काम पनि राम्रो गर्न सकोस् भन्ने उद्देश्‍यसहित काम गरेका छौँ' उनले भने, 'केही विद्यार्थीलाई हामीले सिकाउँछौँ, ती विद्यार्थीले अरूको चेत खुलाउँछन्।' उनी व्यावसायिक हिसाबले सफल देखिए पनि उद्देश्‍यका हिसाबले कति उपलब्धि भयो भन्ने विषय भने अबको पाँच वर्षमा मात्रै देखिने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.