|

हुम्ला : हिमाली जिल्ला हुम्लामा सात जना औलोका बिरामी देखा परेका छन्। 

तराईका जिल्लामा मात्र देखिने औलो रोग पछिल्लो समय उत्तरी हिमाली जिल्लामा पनि देखा पर्न थालेको हो। हिमाली जिल्लामा यो वर्ष देखि  औलो रोगका विरामीको संख्या बढ्दै गएपछि  जिल्ला अस्पताल हुम्लालाई नियन्त्रणमा चुनौती देखिएको हो। हुम्लाको समुन्द्री सतह देखि ४ हजार देखि ५ हजार फिट उचाई  रहेको जिल्लामा  पनि औलो रोग देखा पर्न थालेको छ। 

जिल्ला अस्पताका  डा रन्जित कुमार यादवकाअनुसार हुम्ला जस्तो चिसो ठाउँमा समेत यस वर्ष देखि  ग्रामिण क्षेत्रमा रहेका स्वाथ्य चौकीहरुमा औलो रोगी देखापरेका बताए। यो आर्थिक वर्षमा मात्रै  एक दर्जन औलो रोगका लक्षण भएका बिरामी भेटिएको  जिल्ला अस्पताका डा यादवले बताए। २०७५ बैशाखमा मात्रै सर्केगाढ गाउँपालिकामा रहेको  स्वास्थ्य चौकीमा २ जान, ताँजकोट गाउँपालिकामा रहेको स्वाथ्य चौकीमा २ जना र अदनचुली गाउँपालिकामा ३  जना औलोका बिरामी फेला परेको अस्पतालले जनाएको छ। पछिल्लो समयमा हुम्लाका विभिन्न गाउँमा औलो संक्रमित बढी छन्।

शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखएको छ। गाउँमा औलो रोग फैलिएकाले औषधी र स्वास्थ्यकर्मीको अभाव देखिएको छ। कसरी ज्यान जोगाउने भन्ने चिन्ता रहेको स्थानीयवासी ताँजकोट गाउँपालिका  ५ का औलो बिरामी किशोर बुढाले बताए। 

औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीन’नामक औषधीको अभाव हुन नदिन जिल्ला स्वास्थय कार्यालय हुम्लाले पहल गरेको छ। मैला स्वाथ्य चौकी धनराज ढंकालल भने, जिल्लाबाट पठाइएको औषधीले रोग नियन्त्रण  गरिरहेको जनाकारी दिए। रोगको नियन्त्रणका लागि अस्पतालसँग भएको औषधी र आवश्यक जनशक्ति प्रयोग भइरहेको जिल्ला अस्पतालका प्रमुख डा रन्जितकुमार यादवले जानकारी दिए।  जिल्लाका विभिन्न गाउँपालिकामा  औलो रोगका विरामी देखापरे पछि जिल्लाबाट डा शरोज प्रजापती, ल्यापटेक्निशियन सुनिता तामाङ्गलगायतको टोली औलो रोग प्रभावित क्षेत्रमा गएर उपचार गरिरहेको यादवले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.