डडेल्धुरा : भदौ २९ अर्थात राष्ट्रिय बाल दिवस। बाल दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ। ‘सुखी नेपाली, समृद्ध नेपाल : बालअधिकार सबैको सरोकार’ भन्ने नारासाथका डडेल्धुरामा पनि दिवस मनाइएको छ।
दिवसको अवसरमा जिल्ला सदरमुकाममा प्ले कार्डसहितको र्याली निकालिएको छ। यहाँ बालबालिकाहरुले बाल शोषण अन्त्य गरौँ, बाल अधिकारको संरक्षण हाम्रो अभियान, बाल अधिकारको सुनिश्चितता आजको अवश्यकता लेखिएका प्ले कार्डसहित दिवस मनाएका हुन्।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।