|

काठमाडौं : नायिका सुस्मिता केसीले इन्गेजमेन्ट गरेकी छिन्। नायक भुबन केसीकी पूर्वपत्नी तथा अहिलेका सुपरस्टार नायक अनमोल केसीकी आमा सुस्मिताले गएको ९ सेप्टेम्बरमा अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन्। अष्ट्रेलियामा बस्दै आएका किलन व्यापारी हुन्।

पारिवारिक सहमतिमा नै सुस्मिताले उक्त इन्गेजमेन्ट गरेकी हुन्। उनले छोरा अनमोलको स्वीकृतिमा किलनसँग इन्गेजमेन्ट गरेकी हुन्। सुस्मिता र किलनको विवाह आगामी भ्यालेन्टाइन डेमा हुने तय भएको छ।

केही वर्ष अघि नायक भुवन केसीसँग छुट्टिएर बसेकी सुस्मिता फिल्म क्षेत्रमा नै सक्रिय थिइन्। उनले दुई वर्षअघि फिल्म 'म त तिम्रै हुँ' निर्माण गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.