|

जाजरकोट : गत साउन २८ गते आएको बाढीले विद्युतको नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाकाको स्वास्थ्य सेवा प्रभावित भएको छ। प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे सेवा, ल्याब सेवादेखि विभिन्न अन्य सेवासमेत प्रभावित भएका छन्।

लामो समयदेखि विद्युत सेवा सुचारु हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो। दैनिक एक्सरेका लागि आउने बिरामीलाई विद्युतको अभावमा सेवा दिन मुस्किल भएको  केन्द्रले बताएको छ। एक्सरे गर्न रुकुमको चौरजहारी, जाजरकोट सदरमुकाम आउनुपर्ने वाध्यता रहेको छ। त्यस्तै, नलगाड नगरपालिकाको दैनिक कामसमेत प्रभावित भएको छ। दैनिक सेवा लिन आएका स्थानीयहरू हैरान भएका छन्। यहाँ रहेको छापाखानासमेत बन्द भएको छ।

जेनेरेटर चलाएर केही समय सेवा प्रवाह गरे पनि अधिकांश समय सेवा प्रभावित हुँदै आएको छ। नेपाल प्रहरीको सञ्चार सेवासमेत विद्युत आपुर्ती नहुँदा अवरुद्ध भएको छ। विद्युत नहुँदा यहाँका स्थानीयले मोबाइल चार्ज गर्न र टेलिभिजन हेर्नसमेत नपाएको कालीमटीका शिक्षक दिनेश ओलीले बताए। नगरपालिकाका भित्रका सब सरकारी सेवासमेत ठप्प भएका छन्।

यता, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलका अनुसार नलगाड नगरपालिकामा विद्युत् सेवा सुचारु गर्न ऊर्जामन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणलाई तत्काल ३० वटा पोल  र आवश्यक मात्रामा तार उपलब्ध गराउन आदेश दिएका छन्। शुक्रबार नै विद्युत् प्राधिकरणले नेपालगन्ज कार्यालयलाई पोल र तारका  दिन परिपत्र गर्ने उनको भनाइ छ। शुक्रबार नै आवश्यक सामग्री लिएर जाजरकोट जाने तयारी भएको रावलको भनाइ छ।

यहाँका तीनबाट विद्युत् आयोजनामा व्यापक क्षति बनाएपछि स्थानीय तहबाट सो मर्मत गर्न बजेट अपुग हुने भएपछि केन्द्रसँग आग्रह गरिएको नलगाडका नगरप्रमुख टेकबहादुर रावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.