राजनीति

निर्मला पन्तको घटनाले मलाई निकै चिन्तित बनाएको छः राष्ट्रपति
SHARES

भदौ २९, २०७५

    काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छिन्।

    राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भीर ध्यानाकर्षण गराइन्। राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिड्ने अवस्था आउनु दुःखद् भएको उल्लेख गर्दैै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न पनि सम्वद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गरिन्। 

    उनले बालबालिकाको हक, हित संरक्षणमा सबै पक्षको सहयोगको आवश्यक्तामा पनि जोड दिइन्। राष्ट्रपति भण्डारीले बालमैत्री समाज निर्माणमा सबैले सकेको सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन्।

    राष्ट्रपति भण्डारीले बालिबालिकामाथि भईरहेका यौनजन्य हिंसा, दूव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरिन्। उनले बाल अधिकार हनन्का घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढन पनि आह्वान गरिन्।

    राष्ट्रपति भण्डारीले बालबालिका भोलिको समक्ष र योग्य नागरिक भएकाले उनीहरुको समग्र विकासमा आवश्यक संरक्षण प्रदान गर्न सरकार, अभिभावक, शिक्षालय सबैको योगदानको जरुरी रहेको पनि बताइन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]