|
झाडीबाट शव निकाल्दै प्रहरी र स्थानीय।

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा एक युवकको शव फेला परेको छ। तानसेन नगरपालिका-१ भुसलडाँडाका ३९ वर्षीय सुनिल क्षेत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले बताए। बुटवल जान भनेर हिँडेका क्षेत्री १९ दिनदेखि हराएका थिए।

उनको शव भुसलडाँडाको खल्लुकधारा नजिक सडकभन्दा तल झाडीमा फेला परेको हो। स्थानीयले गन्हाएको थाहा पाएपछि हेर्न जाँदा शव फेला परेको प्रहरी उपरीक्षक पोख्रेलले बताए। शव सडेको अवस्थामा भेटिएको थियो।

मृतक क्षेत्रीले लगाएको कमिजले शवलाई परिवारले पहिचान गरेको उनले बताए। उनले भने, 'शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइनेछ।' उनी सडकबाट चिप्लिएर लडी तल झाडीमा खसेको र मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि घट्नाको अनुसन्धान भइरहेको घट्नास्थल पुगेका प्रहरी उपरीक्षक पोख्रलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.