|

जाजरकोट : छेडागाड नगरपालिका-१० नल्फुकी ३८ वर्षिया पञ्‍चकलानाथ योगी  बिहीबार मुटु दुखेको भन्दै उपचारका लागि थलह बजारको सल्याली मेडिकल  पुगिन्। मेडिकल पुगेकी नाथ योगीको उपचारका क्रममा बिहीबारै मृत्यु भयो। 

 प्रहरी निरीक्षक लोकबहादुर विष्टका अनुसार मुटु दुखेको भन्दै स्थानीय थलह बजारको सल्याली मेडिकल हलमा पुगेकी नाथको उपचारकै क्रममा मृत्यु भएको हो।

नाथको मृत्यु भएपछि प्रहरीले उक्त मेडिकलका सञ्चालक तिलक बोहोरालाई पक्राउ गरेको छ। उपचारमा लापरबाही गरेर नाथको ज्यान गएको उनका आफन्तले आरोप लगएका छन्।

५ वर्षअघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताइरहेकी नाथका २ छोरा र एक छोरी छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। केही महिनाअघि औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयमा सो मेडिकलका विषयमा उजुरी परेको थियो।

प्रशासनमा मेडिकल सञ्चालकले अब मेडिकल सञ्चालन नगर्ने लिखित कागज गरेपछि छाडिएको थियो। उनीमाथि फार्मेसी शिक्षा नपढे पनि मेडिकल खोलेको आरोप छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.