अर्थ

रक्सौल काठमाडौं रेलको प्रोटोकलमा केही दिनमा सहमति :  प्रधानमन्त्री
SHARES

भदौ २९, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीले रक्सौल काठमाडौं रेल बारेमा प्रटोकल सहमति गर्ने तयारी गरिएको बताएका छन्। शुक्रबार कारोबार दैनिकले काठमाडौंमा गरेको कार्यक्रमा प्रधानमन्त्री ओली यस विषयमा केही दिनमै दुई सरकार बीच प्रटोकल हुने बताएका हुन्। 

    प्रधानमन्त्री ओलीले चीन र भारत  दुबैदेशसँग मिलेर नेपालले आर्थिक विकासको दिशमा अघि बढ्न खोजेको बताएका छन्। प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरूलाई औद्योगिक क्षेत्रमा ढुक्क भएर लगानी गर्नको लागि समेत आग्रह गरेका छन्। उनले लगानीका लागि एकद्धार प्रणालीबाट आउनु पर्ने बताए। 

    कार्यक्रममा भारतीय जनता पार्टीका नेता गोपाल कृष्ण अग्रवालले भारतले आर्थिक विकासका लागि गरेको प्रयास र तत्कालीन समस्याहरुका बारेमा जानकारी दिँदै भारतले आर्थिक विकासका लागि गरेको प्रयासबाट नेपालले लाभ लिनु पर्ने बताए।

    उनले लगानीका लागि निजी क्षेत्रलाई खुला राख्न र विदेशी लगानी आकर्षित गर्न सक्दा नेपालले छिटो आर्थिक विकास गर्न सक्ने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]