|

उदयपुरः सप्तरीमा स्वाइनफ्लुका बिरामी भेटिएपछि उदयपुरमा सचेतनाको लागि माइकिङ सुरु गरिएको छ। सप्तरी जिल्लाको रुपकन्चन नगरपालिका र हनुमान नगरपालिकामा स्वाइनफ्लुका विरामी भेटिएपछि उदयपुरको सीमवर्ती चौदण्डीगढी नगरपालिकामा माइकिङ सुरु गरिएको हो।

चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरलगायतका क्षेत्रमा माइकिङ गरी स्वाइफ्लुको बारेमा सचेतना जगाउन थालिएको छ। ‘उदयपुरमा पनि स्वाइनफ्लुको भाइरस सर्न सक्ने खतरा छ,’ चौदण्डी नगरपालिका ५ का वडा अध्यक्ष देवनारायण चौधरीले भने, ‘सप्तरीसँग सीमा जाोडिएका स्थानमा स्वाइफुलुबाट बच्नको लागि माइकिङमार्फत् सर्तक हुन आग्रह गरिएको हो।’

जिल्ला जनस्वास्थ कार्यालय उदयपुर र चौदण्डी नगरपालिकाको स्वास्थ इकाइको बैठक राखेर सचेतना जगाउन थालिएको वडा अध्यक्ष चौधरीको भानइ छ। ‘नगरपालिकाको वडा विपद् व्यवस्थापन समितिको बैठक बसेर संकमणबाट उदयपुरलाई जोगाउन सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ, चौधरीले भने।

चौदण्डीगढी नगरपालिका ५ सप्तरीको फत्तेपुर बजारसँग जोडिएको वडा हो। वडा विपत्त व्यवस्थापन समितिले वडा भरिका सबै स्थानीयलाई सचेत गराउन माइकिङ गर्ने, सप्तरी र उदयपुरको सिमानामा हेल्पडेक्स राखी स्वाइफ्लुबाट बच्ने उपायको जानकारी दिन थालिएको स्थानीयले बताएका छन्।

उदयपुरको सुन्दरपुरबाट सप्तरीतिर जाने र आउने स्थानीयलाई एकएकवटा माक्स निः शुल्क उपलब्ध गराउने, वडाको स्वास्थ्य इकाइ, इलाका प्रहरी कार्यालय सुन्दरपुर र वडा जनप्रतिनिधिको टोलीले सचेतना जगाउन थालिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका निमित्त प्रमुख दुनियाला यादवले उदयपुरको छिमेकी जिल्ला सप्तरीमा स्वाइफ्लुका बिरामी भेटिएपछि उदयपुरमा उच्च सर्तकता अपनाउने पर्ने बेला आएको बताए। ‘सप्तरी जिल्लाको रुपकन्चन नगरपालिका र हनुमान नगरिपालिकामा केही बालबालिकाको अज्ञात रोगले मृत्यु भएछ,’ उनले भने, ‘पछि केही बिरामी परेका बालबालिकालाई परीक्षण गर्दा स्वाइनफ्लु भेटिएको छ, त्यो उदयपुरमा सर्न नदिने उपायको खोजी गरेर स्थानीय तहसँग मिलेर सचेतना कार्यक्रम सुरु गरेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.