|

कालिकोट : अभिभावक र विद्यालय व्यवस्थापन समितिले सान्नी त्रिवेणी गाउँपालिकास्थित मुम्राको डाँफे माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको दिवा खाजा, नेपाल सरकारले विद्यालयलाई दिएको पुस्तकालयको रकम हिनामिना गरेको आरोप लगाएका छन्। विद्यालयका निवर्तमान प्रधानाध्यापक मानबहादुर केसीले पुस्तकालय स्थापना गर्न नेपाल सरकारले अनुदान दिएको ६ लाख ५० हजार र दिवा खाजाको रकम हिनामिना गरेको आरोप लगाएका हुन्।

विद्यालय  व्यवस्थापन समिति र १५९ जना अभिभावकले केसीले मनोमानी ढंगले विद्यालय चलाएको विद्यालय सञ्‍चालनको रकम हिनामिना गरेको भन्दै जिल्ला शिक्षा विकास समन्वय इकाई समक्ष मुद्दासमेत दिएका छन्। 

नक्कली व्यवस्थापन समिति बनाएर रकम हिनामिना

डाँफे माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र केसी रहेको नक्कली विद्यालय व्यवस्थापन समिति बनाएर पुस्तकालय र दिवा खाजाको रकम वितरण गरिएको भनेर माइन्युट तयार पारेर रकम हिनमामिना प्रधानाध्यापकले रकम हिनामिना गरेको स्थानीय रन धमालाले बताए। ‘नक्कली विद्यालय व्यवस्थापन समिति बनाएर विद्यालयको पुस्तकालय र दिवा खाजाको रकम हिनामिना गरेको छन्।’ उनले भने, ‘विद्यालयलाई मनोमानी चलाएर ठूलो रकम हिनामिना भएको छ।’

नक्कली हस्ताक्षर गरेर शिक्षकको राजीनामा

विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेको विद्यालयका शिक्षक ओमप्रकाश चौधरी बिरामी भएर वर्षे विदामा भारत उपचार रहेको बेला चौधरी नक्कली हस्ताक्षर र निवेदन दिएर शिक्षकबाट राजिनामा दिन लगाएको विद्यालय व्यवस्थापन समितिका बीरेन्द्र केसीले बताए। ‘वर्षे विदामा बिरामी भएर भारतमा उपचार गराउन गएका शिक्षकको चौधरीको आफैँ किर्ते हस्ताक्षर नक्कली निवेदन बनाएर राजिनामा दिएको समेत भेटियो।’ उनले भने, ‘प्रधानाध्यापकले किर्ते कागज बनाएको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.