|

काठमाडौं : प्रतिनिधिसभा बैठकले मौलिक हकसम्बन्धी सात विधेयक पारित गरेको छ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पारित गरियोस् भनी छुट्टाछुट्टै रूपमा प्रस्तुत गरेका सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५,  र जनस्वास्थ्य विधेयक २०७५ लाई सर्वसम्मतीले पारित गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेका रोजगारिको हक सम्बन्धी विधेयक, २०७५ र उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको उपभोक्ता संरक्षण विधेयक २०५७ लाई बैठकको सर्वसम्मतीले पारित गरेको हो।

यसैगरी कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले प्रस्तुत गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक २०७५ र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेको आवासको अधिकार सम्बन्धी विधेयक २०७५ लाई बैठकको सर्वसम्मतीले पारित गरेको हो।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्री पद्माकुमारी अर्यालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको भूमिसम्बन्धी सातौं संशोधन विधेयक २०७५ लाई बैठकले पारित गरेको हो।

यसैगरी प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मीना पाण्डेले मौलिक हकसम्बन्धि दुई वटा विधेयकहरू वैयक्तिक गोपनियता र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय पहिलो संशोधन विधेयक सम्बन्धमा समितिको प्रतिवेदन सदन समक्ष पेश गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.