|

काठमाडौं : भारतमा चार देश सम्मिलित यू-१९ एक दिवसीय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार व्याेहोरेको छ।  शुक्रबार भारतको ए टोलीसँग  नेपाल ८ विकेटले पराजित भयो।

लगातार दोस्रो हारपछि नेपालको फाइनल संभावना गणितीय बनेको छ। लखनउमा नेपालले दिएको १५७ रनको लक्ष्य भारतले २४ ओभर १ बलमा  २ विकेट गुमाएर नै पूरा गर्न सफल भयो। 

भारतको जितमा वाई भी राठोदले अविजित ५९ तथा प्रभसिमरण सिंहले अविजित ४६ रन जोडे। त्यस्तै कप्तान अनुज रावतले ४७ रन बनाउँदा नेपालका लागि पवन शारफ र कमल सिंह ऐरीले समान १/१ विकेट लिनु बाहेक अन्य बलरको प्रदर्शन खराव रह्यो।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले। यस्तै तृतराज दासले ४६ रन जोड्दा भीम सार्कीले २८ रन जोडे। भारतका अजय देव गड र याई डी माङवानीले ४/४ विकेट लिए। अब नेपालले अफगानिस्तानको यू-१९ टोलीसँग खेल्नेछ। यस अघि पहिलो खेलमा नेपाल भारतको यू-१९ को बि टिमसँग ४० रनले पराजित भएको थियो।

भारतको ए टिमको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा अफगानिस्तानको यू-१९ टोलीलाई १४० रनले हराएको थियो। भारतीय क्रिकेट बोर्डको आयोजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका १/१ यू-१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.